×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइतबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ आइतबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा र नेपाली ठुलो गोलभेडाको मूल्य ४० रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ४० रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ३५ रुपैयाँ रहेको छ ।

साथै, रातो आलो ५६ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु (मुडे) ५० रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७० रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर १२० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ६० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ९० रुपैयाँ प्रतिकेजी, रातो मूला १०० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ५०, डल्लो भन्टा ५०, तने बोडी ५०, मकै बोडी ९०, घ्यु सिमी ८०, टाटे सिमी ८०, भटमासकोशा १००, तिते करेला ९०, लौका ४०, परवल ४०, चिचिण्डो ४०, घिरौला ४०, पाकेको फर्सी ४५, हरियो (डल्लो)फर्सी ५० र भिन्डी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

त्यस्तै, रायोको साग प्रतिकेजी १०० रुपैयाँ, हरियो प्याज १८०, कन्य च्याउ २००, डल्ले च्याउ ३५०, कुरिलो ४५०, निउरो ८०, ब्रोकाउली ३००, सजीवन १८०, चुकुंदर ८०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।

यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, कागती १८०, अनार ३००, कालो अंगुर ४५०, हरियो तर्बुजा ६०, मौसम १५०, जुनार ३२०, भुई कटहर १५०, लोकल काक्रो ८०, निबुवा ५०, नासपाती ७०, चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ५०, सरिफा १५०, अभोकाडो २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी