काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेलको सानो गोलभेडा ७०, भारतीय सानो गोलभेडा ७० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४, लोकल गाजर १२०, लोकल बन्दा ६०, स्थानीय काउली ७०, लोकल सेतो मुला ९०,भन्टा लाम्चो ३०, भन्टा डल्लो ३०, तने बोडी ५०, मकै बोडी ७०, लोकल घ्यु सिमी ६०, टाटे सिमी ७०, भटमासकोशा ९०, तिते करेला ७०, लौका ३०, परवल ४० रुपैयाँ प्रतिकेजी तोकेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ४० रुपैयाँ, घिरौला ३० रुपैयाँ, पाकेको फर्सी ४५, हरियो फर्सी ४०, सलगम ३०, पिडालु ६०, स्कुस १५ रुपैयाँ रहेको छ । साथै, रायो साग ८०, तोरीको साग ५०, हरियो प्याज १५०, कन्य च्याउ २२०, डल्ले च्याउ ३८०, कुरिलो ४५०, न्युरो ९०, ब्रोकाउली ३००, चुकुंदर ७०, सजीवन १८०, जिराको साग १०० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ २५०, केरा १४० (दर्जन), कागती २००, अनार ३५०, कालो अंगुर ४५०, हरियो तर्बुजा ५०, मौसम १५०, जुनार ३२०, भुई कटहर २००, लोकल काक्रो १२०, निबुवा ५०, लोकल नासपाती ५०, चाइनिज नासपाती ३००, भारतीय मेवा १००, अम्बा १००, लप्सी ५०, किवी ४००, शरिफा २००, अभोकाडो २००, अमला ९० रुपैयाँ निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्