×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, टनेलको सानो गोलभेडा ५५, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।

त्यस्तै, रातो आलु ५६, भारतीय रातो आलु ३५, (मुडे) रातो आलु ४८, सेतो आलु ४६, भारतीय सुकेको प्याज ७०, लोकल गाजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ७०, लोकल सेतो मुला ५०, भन्टा लाम्चो २५, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ८०, लोकल घ्यु सिमी ७०, टाटे सिमी ५०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ४०, परवल ५० रुपैयाँ प्रतिकेजी तोकेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार चिचिन्ड़ो ३० रुपैयाँ, घिरौला ५० रुपैयाँ, पाकेको फर्सी ४५, हरियो फर्सी ४०, भिन्डी ६०, बरेला ९०, स्कुस १० रुपैयाँ रहेको छ । साथै, रायो साग ५०, तोरीको साग २०, हरियो प्याज ८०, कन्य च्याउ १३०, डल्ले च्याउ ३२०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली २८०, चुकुंदर ७०, जिरीको साग ९० रुपैयाँ रहेको छ ।

यता, फुजी स्याउ ३२०, केरा १५० (दर्जन), कागती २२०, अनार ३८०, कालो अंगुर ४००, सुन्तला १४०, हरियो तर्बुजा ५०, मौसम १५०, जुनार ३२०, भुई कटहर १८०, लोकल काक्रो ६०, निबुवा ५०, लोकल नासपाती ८०, चाइनिज नासपाती ३००, भारतीय मेवा १००, अम्बा १००, लप्सी ५०, किवी ४००, शरिफा १५०, अभोकाडो २००, अमला ७० रुपैयाँ निर्धारण गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी