Skip to content
LAXMI SUNRISE BANK

यतीले सुरु गर्यो पोखरामा रात्रिकालीन उडान

अर्थ सरोकार

काठमाडौं । यती एयरलाइन्सले पोखराका लागि रात्रीकालीन उडान सुरु गरेको छ । यतीले आइतबारदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा काठमाडौंबाट रात्रीकालीन उडान (आइएफआर) सुरु गरेको हो ।

यसो त पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यस अघिदेखि नै रात्रीकालीन उडान सुविधा रहेको थियो । तर, यतीले आइतबारदेखि औपचारिक रुपमा रात्रीकालीन उडान सुरु गरेको हो । रात्रिकालीन सेवा अन्तर्गत यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान नम्बर एनवाइटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाइटी ६८४ मार्फत उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

पोखरामा रात्रीकालीन उडान सुरु भएसँगै उडान ढिलो हुँदा यात्रुले भोग्नुपर्ने कठिनाईको अन्त्य हुने विश्वास गरिएको छ । हालका लागि पोखरा–काठमाडौं रात्रीकालीन एउटा मात्रै उडान भए पनि आवश्यकता अनुसार उडान संख्या बढ्न सक्ने एयरलाइन्सले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK