×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८४ वर्षीय क्यानडियनले गरे बञ्जी, विश्वकै दोस्रो अग्लो बञ्जी जम्प

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

८४ वर्षीय क्यानडियनले गरे बञ्जी, विश्वकै दोस्रो अग्लो बञ्जी जम्प

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमााडौँ । ८४ वर्षीय क्यानडिएन नागरिकले बञ्जी गरेका छन् । एड्भेन्चर हब ‘द क्लिफ’ मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका हुन् ।

उनले बञ्जी, स्विङ, स्काई साइक्लिङ, स्काई ग्लाइडिङ तथा अन्य साहसिक खेलहरूको मज्जा लिएको ‘द क्लिफ’ का अध्यक्ष राजु कार्कीले जानकारी दिएका छन् । साथै, मिसेलले सबैभन्दा बढी उमेर समूह अन्तरगर्त बञ्जी गरेर रेकर्ड कायम गरेका हुन् ।त्यस्तै, यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् । बञ्जी पछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताएका थिए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत, बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको ‘द क्लिफ’ मा विश्वकै अग्लो स्विङ तथा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरेका छन् ।

बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट विश्वकै अग्लो व्यवसाहिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी