×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक विधेयक अझै प्रष्ट छैन, सेयर लगानीकर्तामाथि तरबार झुण्डयाईएको छ’ : अम्बिका पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘आर्थिक विधेयक अझै प्रष्ट छैन, सेयर लगानीकर्तामाथि तरबार झुण्डयाईएको छ’ : अम्बिका पौडेल

Artha Sarokar

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ राजश्व समितिका सभापति अम्बिका पौडेलले पुँजीगत लाभकरको विषयमा स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकारले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्छ भनेर माग आइरहँदा आर्थिक ऐनमार्फत लगानीकर्तामा तरबार झुण्डयाईएको उनले बताएका थिए । ‘अहिले लगानीकर्ता सबैभन्दा धेरै त्यसैमा अल्मलिएका छन्’ उनले भने ।

पौडेलले आफू उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिको सभापति हुँदा धितोपत्र बोर्डमा बुझाएको सुझाव कार्यान्वयनमा थप छलफल गर्न आग्रह गरेका थिए । ‘पुँजीगत लाभकरको विषय पनि टुंगोमा पुर्‍याउन जरुरी छ,’ उनले भने ।

ट्रेडर र इन्भेस्टर को हो भनेर आन्तरिक राजस्व विभागले नछुट्याएका कारण पनि लगानीकर्ता लगानी गर्न हिच्किचाएको उनले बताए ।

पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने भए पनि बुझाउन नसकिएको उनको भनाइ छ । नियामक निकाय र नीति निर्माण गर्ने तहले यो विषय बुझ्न नचाहेको उनले तर्क गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी