काठमाडौँ। अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले नेपालमा ‘इन्फरमेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले आफ्ना सदस्य मध्येको एक घाम पावर नेपालमा ‘इन्फरमेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको हो ।
एकच्यामले आफ्ना सदस्यहरूमा सिकाई श्रृङखला अन्तर्गत चित्लाङको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भ्रमण गराएको थियो । एमच्याम नेपालका अध्यक्ष अजित शाहका अनुसार, ‘कार्यक्रमले घाम पावर नेपालले सौर्य प्रविधिमार्फत ५ सय ४ किलोवाट क्षमताको सोलार र नेपालकै सबैभन्दा ठूलो कन्टेनराइज्ड ब्याट्री सिस्टम जडान गरेको ठाउँ अवलोकनका साथै प्रविधिहरूबारे अवलोकनसमेत गर्ने अवसर सदस्यहरूलाई मिलेको थियो ।’
त्यस्तै, नवीकरणीय ऊर्जाको क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्र तथा उद्योगहरूले सामना गरिरहेका चुनौतीहरूबारे कार्यक्रममा गहन छलफल गरेका थिए । मुलुकमा ऊर्जाको विश्वसनीयता बढाउन, ऊर्जा सुरक्षा र राष्ट्रिय ग्रिडलाई स्थायित्व प्रदान गर्न सौर्य र ब्याट्री प्रविधिको प्रयोगबारे कार्यक्रममा छलफल समेत भएको थियो ।
सो कार्यक्रमका सहभागीहरूले घाम पावरले सौर्य प्रणालीमा प्रयोग गरेको प्रविधि लगायतको अवलोकन गरेका थिए । घाम पावर नेपाल र एमच्याम नेपालको यस कार्यक्रमलाई एमच्यामका बोर्ड सदस्य असिममान सिंह बस्न्यात र अमेरिकी दूतावासका अभिषेक बस्न्यात, आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिक र वाणिज्य अधिकृत डरिन क्रिस्टेनसेनले इन्फर्मेटिभ लर्निङ कार्यक्रमबारे चर्चा गर्दै यसको महत्वबारे बताएका थिए ।
एमच्याम नेपाललाई नेपालमा कार्यरत ४० भन्दा बढी विविध अमेरिकी व्यवसाय र कम्पनीहरूसँग युएस च्याम्बर्स अफ कमर्सबाट आधिकारिक मान्यता रहेको छ । साथै, संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी एफडीआई समावेश गरी दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गरेको एमच्याम नेपालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्