×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ समितिमा अर्को अचम्म : बैठकमा अर्थमन्त्री नै गएनन्, अर्थ सचिव देखिएनन्, सांसदहरुकै चरम असन्तुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार

PRIME CA

अर्थ समितिमा अर्को अचम्म : बैठकमा अर्थमन्त्री नै गएनन्, अर्थ सचिव देखिएनन्, सांसदहरुकै चरम असन्तुष्टी !

काठमाडौं । संघीय संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री नै उपस्थित भएनन् । विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा समितिले मंगलबार बिहान ११ बजे बैठक बोलाएको थियो ।

उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतसहित अर्थ र राजश्व सचिवलाई छलफलका लागि बोलाईएको थियो । तर, बैठकमा अर्थमन्त्री र अर्थ सचिव दुवैको उपस्थिति देखिएन । उनीहरुको सट्टामा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुबेदीले उपस्थिति जनाएका थिए ।

त्यस्तै, उपस्थित भएका राजश्व सचिव पनि अर्को ठाउँमा कार्यक्रम छ भन्दै केहि संसादहरुको प्रश्न सुनेर बिचमै निस्किएका थिए । सोहि कारण जुन उद्देश्यका साथ बैठक बोलाईएको थियो, त्यसले सार्थकता पाउन सकेन । बैठकमा समावेश हुनु पर्ने विषय पनि समावेश नभएको पाइएको छ ।

यस अघि पनि बोलाईएको कार्यक्रममा अर्थमन्त्री उपस्थित नभएपछि बैठकमा उपस्थित मन्त्रीहरुसहित संसादहरुले असन्तुष्टि जनाएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: