×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंकले निजी क्षेत्रलाई वेवास्ता गरेर काम गर्दैन’ : मिश्र

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘राष्ट्र बैंकले निजी क्षेत्रलाई वेवास्ता गरेर काम गर्दैन’ : मिश्र

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले निजी क्षेत्रलाई वेवास्ता गरेर राष्ट्र बैंकले कुनै काम नगर्ने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशको तिन चौथाई हिस्सा ओगटेको निजी क्षेत्रलाई हटाएर राष्ट्र बैंकले कहिले काम गर्दैन ‘, उनले भने । त्यस्तै, उनले क्रस बोर्डर पेमेन्ट सम्झौता नेपाली अर्थतन्त्रका लागि कोसे ढुंगा भएको दावी गरेका छन् ।

राष्ट्र बैंकले पोलिसी इम्प्लिकेशनमा सम्वेशितालाई मध्यनजर गर्दै डिजिटाईजेसनलाई व्यापक रुपमा प्रबर्द्धन गर्ने योजना रहेको मिश्रले जनाएका थिए । ‘नेपाल भारत डिजिटाइजेसनलाई क्रस बोर्डर पेमेन्टमार्फत एमओयु पनि भएको छ । त्यो हाम्रो लागि माइलस्टोन हो ।’ उनले भने ‘वित्तिय समावेशीता डिजिटाइजेसन, हाइड्रो, कृषिलगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले सधै सहकार्य गर्ने छ ।’

देशको आर्थिक समस्या समाधानका लागि आवश्यक काम गर्न राष्ट्र बैंक तयार रहेको उनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी