काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको हो । यद्यपी यो नयाँ भूकम्प नभएर केहि बर्ष अघि गएको भूकम्पकै परकम्प भएको बुझिएको छ ।
काठमाडौँ, धनगढी, हेटौंडा, चितवन लगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो ३ बजेर आठ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको थप विवरण आउन बाँकी छ ।