काठमाडौँ । कापाको बोर्ड संचालकमा संस्थाका पूर्व अध्यक्ष सिए युद्ध राज ओली निर्वाचित भएका छन् । सो पदमा पूर्व अध्यक्ष ओली आगामी चार वर्षका लागि निर्वाचित भएका हुन् ।
एसिया तथा प्रशान्त क्षेत्रको लेखा व्यवसायीहरुको संगठनको २०८० असोज १९ गते श्रीलंकामा सम्पन्न भएको बोर्ड सञ्चालकको निर्वाचनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष युद्ध राज ओली बोर्ड सञ्चालक पदमा आगामी चार बर्ष २०२३-२७ को लागि निर्वाचित भएका हुन् ।
त्यस्तै, नेपाल सँगै भारत, अष्ट्रेलीया, जापान, दक्षीण कोरीया, अमेरीका, न्युजील्याण्ड, पपुवान्युगीनी, फिलीपीन्स, श्रीलंका लगाएतका देशका लेखा व्यवसायी संस्थाका प्रतिनिधी संचालकमा निर्वाचीत भएका थिए भने आइसिएआइ भारतका पूर्व अध्यक्ष सिए प्रफुल्ल छाजेद कापाको अध्यक्षमा निर्वाचीर्त भएका छन ।
कापाको स्थापना सन् १९५७ मा भएको हो । हाल कापामा २३ वटा राष्ट्रका ३२ लेखा व्यवसायी संस्थाहरु सदस्यको रुपमा आवद्ध रहेका छन् भने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था सन् १९९८ देखि यसको सदस्य रहदै आएको छ ।
सिए युद्ध राज ओली आठौं परिषदको तेस्रो कार्यकाल आर्थिक वर्ष २०७७-७८ मा उपाध्यक्षको रुपमा तथा नवौं परिषदको प्रथम कार्यकाल आर्थिक वर्ष २०७८-७९ मा अध्यक्षको भूमिका निर्वाह गरेका थिए । साथै, १२ जना सदस्य रहने कापाको उक्त बोर्डको पदावधि चार वर्षको हुनेछ ।
अध्यक्ष ओलीको कापाबोर्डमा भएको सो प्रतिनिधित्वले अन्तराष्ट्रिय मञ्चमा संस्थाको उपस्थितिलाई अझ सुदृढ गर्न सहयोग पुर्याउने संस्थाले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्