काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सेयर बजारमा जोडिएका लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक रहेको बताए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्ड र महासंघबीच भएको लगानीकर्ता शिक्षा र सचेत निर्माण कार्यक्रमको हस्ताक्षर समारोहमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
पछिल्लो समय सेयर बजारमा नकारात्मक भ्रम फैलिएको कारण लगानीकर्ताको मनोबल कमजोर भएको छ । उनले भने,‘सेयर बजारमा नकरात्मक भ्रम फैलिएको छ । बजारमा जोडिएका एक तिहाईको मनोबल उच्च बनाउन पर्छ ।’
राष्ट्र बैंक र धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउन सकारात्मक सन्देश दिने गरी काम गर्न आवश्यक रहेको बताएका थिए । सोही अवसरमा घर जग्गाका कारण अर्थतन्त्र डुब्यो भन्नु भ्रम रहेको अध्यक्ष ढकालले स्पष्ट पारे । त्यस्तै, अर्थतन्त्र बिग्रिनुमा कुनै व्यक्त वा संस्थालाई दोष दिनु हुँदैन, बिग्रिनुमा सरकार, व्यवसायी, नियामक निकायको भुमिका बराबर रहेको उनको भनाई थियो ।