काठमाडौं । चिलिमे इन्जिनियरिङ लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो आइपीओ निष्कासन गर्नको लागि क्रेडिट रेटिङ गराएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले गरेको मूल्याकंनमा चिलिमे इन्जिनियरिङले त्रिपल बी रेटिङ पाएको छ । यो संकेतले वित्तीय दायित्व समयमै पुरा गर्नका लागि कम्पनी सबल रहेको अवस्थालाई जनाउँछ ।
कम्पनीले २ लाख ९७ हजार कित्ता आइपीआ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
जलविद्युत आयोजना निर्माणमा सार्वजनिक र निजी क्षेत्रको बढ्दो लगानीसँगै इन्जिनियरिङको सेवाको मागसमेत बढ्ने भन्दै इक्रा नेपालले मूल्याकंनका लागि यो सकारात्मक पक्ष भएको उल्लेख गरेको छ ।
इक्रा नेपालका अनुसार नेपाल विद्युत प्राधिकरण मुख्य लगानीकर्ता रहेको, कर्जाको दबाब न्यून भएको र वासलातमा नगद मौज्दातसमेत पर्याप्त रहेकाले यसको वित्तीय पक्ष सबल रहेको छ । गत वर्ष कम्पनीले परामर्श सेवाबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्