काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०-२० वर्षमा मुलुक रित्तिने अवस्था आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै यही रुपले जनता भाग्ने हो भने मुलुक १०-२० वर्षपछि रित्तै हुने बताएका हुन् ।
‘सबै बेरोजगार भएर, काम नभएका मान्छेमात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न ।’
उनले भने ‘त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान । सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेण्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’उनले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरेका छन् । गोहीको आँसु बगाएर मात्र केही नहुने पनि उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्