काठमाडौं । छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा प्रशिक्षक भक्तराज रसाईलीले सेयर सदस्यहरुलाई संस्थागत विकास सम्बन्धि प्रशिक्षण दिएका थिए भने अध्यक्ष रविन्द्रराज बरालको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिलबहादुर बरालको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक चिन्तामणि शर्माको प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो ।
साथै, सोही अवसरमा सचिव पदमा सहसचिव रामप्रसाद नेपाललाई र सहसचिव पदमा इश्वर भट्टराईलाई सर्वसम्मत मनोनित गरिएको थियो ।
त्यस्तै, साधारणसभामा जेष्ठ सेयर सदस्य चिन्तामणि शर्मा पौडेल, असल बचतकर्ताहरु देविप्रसाद बस्याल, लिला पौडेल र बसुन्धरा शर्मा पौडेल, असल कारोबारकर्ताहरु बलबहादुर केसी र दिलकुमारी पौडेल, विद्यार्थीहरु सुदिक्षा बराल, सन्जिब खत्री, प्रकृति पौडेल, विन पोख्रेल र प्रेमप्रसाद पौडेललाई सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष रवीन्द्रराज वरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य प्रेमप्रसाद पौडेलले स्वागत र संयोजक संयोजक ज्ञानेश्वर सुवेदीले संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्