Skip to content
LAXMI SUNRISE BANK

जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ

अर्थ सरोकार

काठमाडौं । जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ परेका छन् । मोरङ जिल्ला लेटाङ नगरपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.४ धुम्बाराही बस्ने ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन् ।

उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्छ, जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनमा काम लगाइदिन्छु, मासिक एक लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा रकम ठगी गरेका थिए ।

जेनुईन प्लेसमेन्ट प्रालिका संचालक खतिवडाले पीडितहरुबाट पटकपटक गरी ४६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १२ गते कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK