×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दामा फरार प्रतीवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसूर मुद्दामा फरार प्रतीवादी पक्राउ

Artha Sarokar

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला कैलाली लम्कीचुहा नगरपालीका वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौँ महानगरपालीका वडा नं.२७ बस्ने ३३ वर्षीय तिर्थ किस्मत चौधरी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।

वादी नेपाल सरकार प्रतिवादी तिर्थ किस्मत चौधरी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको २०७९-०४ -१७ गतेको फैसलाले बिगो १३ लाख ५० हजार रुपैयाँ जाहेरवालालाई भराई बिगो बमोजिम १३ लाख ५० हजार जरिवाना क्षतिपुर्ति शुल्क ५४ हजार राहत कोषमा जम्मा गराई ४ चार दिन कैद हुने ठहर भएको थियो । साथैे, धरौटी रकम र कैद भन्दा बढी थुनामा बसेको दिनसमेतबाट कट्टा गर्दा हुन आउने वाँकी जरिवाना ६लाख ९८ हजार दुई सय नतिरी फरार रहेका प्रतिवादीलाई  २०८०-०६-१८ गते जिल्ला काठमाण्डौँ महानगरगालीका वडा नं. ४ बालुवाटारबाट पक्राउ गरेका छन् ।

उक्त प्रतिवादीलाई थप फैसला कार्यन्वयनको लागि  सम्मानित काठमाडौँ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाइको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी