×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छली गर्ने व्यक्ति सामान सहित प्रहरीको नियन्त्रणमा, थप अनुसन्धान हुने

PRIME CA
GLOBAL IME BANK

भन्सार छली गर्ने व्यक्ति सामान सहित प्रहरीको नियन्त्रणमा, थप अनुसन्धान हुने

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भन्सार छली गर्ने व्यक्ति सामान सहित प्रहरीको नियन्त्रणमा रहेको छ । कार्यालय मातहत सशस्त्र प्रहरी सेनामुख बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा लिएको हो ।

जिल्ला बर्दिया गुलरिया नगरपालिका ०६ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी मिति २०८०।०६।२३ गते बिहान ६ बजे प्रहरी टोलीले सो व्यक्तिलाई नियन्त्रणमा लिएको हो । छलीका सामानको अन्दाजी मुल्य ८ हजार १ सय ७० रुपैयाँ बराबरका किराना सामानहरु र सो कार्य गर्न प्रयोगमा ल्याईएका साईकल १थान सहित भारतको जिल्ला बहराईच थाना मोतिपुर ग्राम भगडिया बस्ने ३० वर्षीय सदाम शेषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छली गर्ने व्यक्तिलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालय, बर्दियाको सूचना प्रविधि शाखाले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: