×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ  परेका छन् । तनहुँ जिल्ला व्यास नगरपालीका वडा नं १२ स्थाई घर भई हाल जिल्ला काठमाडौँ थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डे प्रकाउ परेका हुन् ।

पक्राउ  परेका  पाण्डेले बिष्णु विक्रम खड्का समेत ४ जनालाई वैदेशिक रोजगारीकालागि माल्टा जान प्रतिव्यक्ती ८ लाख रुपैयाँ लाग्छ भनेका थिए । साथै, माल्टा पुगेपछी फुड डेलिभरीमा काम लगाई दिन्छु भनी मासिक ६ लाख भन्दा धेरै तलव हुन्छ भन्ने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

पिडितहरुले वैदेशिक रोजगार विभागमा प्रतिवादी पाण्डे विरुद्ध निवेदन दिएका थिए । काठमाडौँ अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई निरन्तर खोजतलास गर्ने क्रममा असोज १६ गते दिउँसो ३:३० बजे जिल्ला काठमाडौँ महानगरपालीका वडा नं २६ सामाखुशीबाट  पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी