×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने

Artha Sarokar

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला म्याग्दी रघु गाउँपालीका वडा नं.१ स्थाई घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर नगरपालीका वडा नं. ७ डाडाँगाउँ बस्ने ५८ वर्षीय दुर्गा बहादुर भट्टचन पक्राउ परेका हुन ।

उक्त प्रतिवादीले पुर्ण विश्वकर्मा समेत ३ जनालाई वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा जापान पठाईदिन्छु भनी प्रतीव्यक्ति १२ लाख रुपैयाँ लाग्छ भन्दै रकम ठगी गरेका हुन् । साथै, जापान पुगेपछि गोल्भल पिग र्फममा मासिक २ लाख २० हजार रुपैयाँ तलब हुने काम लगाईदिन्छु भनी पिडितहरुलाई विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी १७ लाख २५ हजार रुपैयाँ रकम लिए पश्चात पिडितहरुलाई मलेसियन एअरलाइन्सको टिकट समेत उपलब्ध गराएको वादीहरुले जानकारी दिएका छन् ।

त्यस्तै, जापान जान भनि पिडितहरु घरबाट विदा भई विमानस्थलमा पुगी भिषा र टिकट चेकजाँच गर्दा नक्कली भन्ने जानकारी पाए पश्चात पिडितहरुले ठगीएको थाहा पाई उक्त कार्यालयमा ठगि गर्ने व्यक्ति माथि जाहेरी दरखास्त गरेका हुन् । कार्यालयमा पिडितहरुबाट जाहेरी दरखास्त परेपछि प्रारम्भिक अनुसन्धान लगत्तै सो कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज विपक्षीको खोजतलास गर्ने क्रममा २०८०-०६-१९ गते दिउँसोको ३:३० बजेको समयमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालीका वडा नं.७ डाडाँगाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी