×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दामा कैद जरिवाना तोकि फरार रहेका व्यक्ति पक्राउ, फैसला कार्यन्वयन हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसूर मुद्दामा कैद जरिवाना तोकि फरार रहेका व्यक्ति पक्राउ, फैसला कार्यन्वयन हुने

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा कैद जरिवाना तोकि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला तनँहु भानु नगरपालिका वडा नं.१२ घर भई हाल जिल्ला काठमाण्डौँ किर्तिपुर नगरपालिका वडा नं. ६ पागा बस्ने ३२ वर्षीय राजु थापा पक्राउ परेका हुन् ।

वादी नेपाल सरकार प्रतिवादी राजु थापा भएको बैँकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०८०-०३ -०३ गतेको फैसलाले बिगो ५ लाख रुपैयाँ जाहेरवालालाई भराई बिगो बमोजिम ५ लाख रुपैयाँ जरिवाना, क्षतिपुर्ति शुल्क २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुने ठहर भई फरार रहेका थिए ।

त्यस्तै, फरार रहेका प्रतिवादी राजु थापालाई उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०-०६-२२ गते जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नं.१४ बल्खुबाट पक्राउ गरेको हो । सो प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौँ जिल्ला अदालतमा पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी