×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सालकको खपटा जस्तो देखिने वस्तुसहित व्यक्ति पक्राउ, थप अनुसन्धान हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सालकको खपटा जस्तो देखिने वस्तुसहित व्यक्ति पक्राउ, थप अनुसन्धान हुने

Artha Sarokar

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सालकको खपटा जस्तो देखिने वस्तु सहित व्यक्ति पक्राउ परेका छन् । जिल्ला रामेछाप, दोरम्बा गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला भक्तपुर, सुर्यविनायक नगरपालिका वडा नं. ८ कपाली चोकमा बस्ने ३४ वर्षीय शुकलाल तामाङ  पक्राउ परेका हुन् ।

संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहारको अवैध रुपमा ओसारपसार तथा खरिद विक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धानका लागी खटेका थिए । वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम नियन्त्रणका लागि मिति २०८०-०६-२३ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले सो व्यक्तिलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरी टोलीले उक्त व्यक्तिलाई थप अनुसन्धान तथा कारवाहीका लागि मिति २०८०-०६-२४ गते डिभिजन वन कार्यालय भक्तपुरमा बुझाएको नेपाल प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी