×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला रोल्पा परिवर्तन गा.पा.वडा नं.२ स्थाई घर भई हाल जिल्ला काठमाडौँ महानगरपालीका वडा नं.२६ नयाँ बसपार्क बस्ने वर्षीय ३१को रवि घर्ती मगर पक्राउ परेका हुन् ।

पक्राउ परेका घर्ती मगरले सोमराज चौधरीलाई वैदेशिक रोजगारीको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै रकम ठगी गरेका हुन् । साथै, अजरबैजान पुगेपछी टायल मेसनमा मासिक ९० हजार रुपैयाँ भन्दा धेरै तलव हुने काम लगाइदिन्छु भन्दै विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी ४ लाख १३ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा पिडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएका हुन् ।

उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रवि घर्ती मगरलाई निरन्तर खोजतलास गर्ने क्रममा २०८० असोज १७ गते दिउँसो १ बजेको समयमा जिल्ला काठमाण्डौँ रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको हो । साथै, प्रतिवादीको थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी