काठमाडौँ । अनलाईन मार्फत ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं १९घर भई हाल जिल्ला ललितपुर महानगरपालिका वडा नं १९मा बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा फेसबुक ह्वाट्स्याप लगायतका एपहरुको दुरुप्रयोग गरी पिडितलाई आफु ईटालिको नागरिक हुँ भनी विश्वास दिलाउँदै साथी बनेर ह्वाट्स्यापमा सम्पर्क गर्दै माया प्रेमको जालमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना, ५ हजार डलर सहितको गिफ्ट पठाईदिएको छु भनी ठगी गरेकी हुन् ।
उक्त प्रतिवादी महिलाले पिडितलाई विभिन्न नम्बरका ह्वाट्स्याप आईडि बाट च्याट एण्ड कल गरी डा.रबाय हिकोलीले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्दै पार्सल पाउनको लागी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पिडितलाई विश्वास दिलाएकी थिईन् ।
प्रतिवादीले विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरी १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेकी हुन् । सो प्रतिवादी महिलाको थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्