×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ, थप  अनुसन्धान हुने

PRIME CA
GLOBAL IME BANK

भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ, थप  अनुसन्धान हुने

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल आउने क्रममा कतारको उडानमार्फत भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरु पक्राउ परेका हुन् ।

अबैध रूपमा सुन ल्याई कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला काठमाण्डौं महानगरपालीका वडा नं ९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो । जिल्ला भोजपुर सालपासिलिछो गाउँपालिका वडा नं ४ का २४ अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका वडा नं ९ का ४४ वर्षिय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका वडा नं ८ का वर्षिय कारी ईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका वडा नं १५ का २८ वर्षिय अर्जुन भट्टराई र गोर्खा गण्डकी गाउँपालिका वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं १६ बालाजुका ३० वर्षिय अनिष थापालाई प्रहरीले २०८०-०७-१२ गते दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सो व्यक्तिहरुलाई प्रहरीले २६ लाख ५१ हजार ८ सय ९५ दशमलव ४७ रुपैयाँ पर्ने सुनको ढिक्का ३ थान जम्मा तौल २ सय १४ दशमलव ३६ ग्राम, सिक्रीहरू ३ थान जम्मा तौल ५० दशमलव ०१ ग्राम र नगद १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेका हुन् ।

त्यस्तै, पक्राउ परेका  व्यक्तिहरूको थप  अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर  पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: