×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल छर्की आगो लगाई फरार रहेका व्यक्ति पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पेट्रोल छर्की आगो लगाई फरार रहेका व्यक्ति पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पेट्रोल छर्की आगो लगाई फरार रहेका व्यक्ति पक्राउ परेको छ ।  पर्सा जिल्ला सोबर्णपुर गाउँपालिका वडा नं.६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को बाफल बस्ने २६ वर्षीय सुवास बिक प्रकाउ परेको हो ।

पर्सा जिल्ला सोबर्णपुर गाउँपालिका वडा नं ६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को बाफल स्थित एसबि ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय अरुण बिश्वकर्मालाई २०८०-०६-२२ गते १:३० बजेको समयमा सुवास बिकले पेट्रोल छर्की आगो लगाई भागेको हो । साथै, आगो सल्किन गई सो स्थानमा रहेका अन्य ३ जना घाईते भई किर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भईरहेको छ ।

उक्त घटनामा अनुसन्धानको लागी सो कार्यालयबाट खटिएका प्रहरी टोलीले खोजतलासको क्रममा आगो लगाउने निज शिबु भनिने सुवास बिकलाई मिति २०८०-०६-२३ गते बिहान अन्दाजी ९:३० बजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नं.२२ सुन्धाराबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त प्रतिवादीको थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी