×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु, स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुकोबीच पुर्याईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु, स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुकोबीच पुर्याईने

Artha Sarokar

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहले जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव २०८० उद्घाटन गरेको छ  । उक्त समुहले ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले जुत्ता चप्पल दशैं महोत्सवको आयोजना गरेको हो ।

यस जुत्ता चप्पल दशैं महोत्सवको उदघाटन महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले गरेकी हुन् । उपप्रमुख मन्दिरा शाक्यका अनुसार ‘नेपाललाई आत्मनिर्भर बनाउनका लागि स्वदेशी तथा उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताएकी छिन् । साथै, नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरेकी छिन् ।

नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुकोबीच पुर्याउने  र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास जगाउने उद्देश्यले देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको जानकारी दिएका छन्  ।

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन  हुने भएको छ । उक्त महोत्सव विहान ९:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म खुल्ला हुनेछ । साथै, महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको घिमिरेले जानकारी दिए ।

उक्त महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन-रोयल शुज, वेश फुटवेयरको उत्पादन-वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको-क्रस रोड शुज, शुभकामना फुटवेयरको-फस्टवाक शुज, नमस्ते फुटवेयरको-सिल्स, आर.डि.कलेक्सनको-हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. शुज कम्पनीको-डि.जे. शुज, फुड फेशनको-वेली शुज, सर अनिल  ट्रेड  लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको-कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहेको छ ।

यस महोत्सवमा ग्राहकले नयाँ ब्राण्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्ने जुत्ता चप्पल उत्पादक समुहले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी