×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेरिटेज हेभन हिल्स कोलोनीले खुलायो बंगला तथा घडेरीको बुकिङ, बुकिङ गर्नेलाई उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हेरिटेज हेभन हिल्स कोलोनीले खुलायो बंगला तथा घडेरीको बुकिङ, बुकिङ गर्नेलाई उपहार

Artha Sarokar

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरको  लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । कम्पनीले दशैँको अवसरमा ५१ रोपनीको कोलोनीमा बंगला तथा घडेरी बुकिङ गर्नेलाई   उपहार प्रदान गर्ने भएको हो ।

लेले बसपार्कबाट २ सय मिटर भित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भईरहेको छ । सरकारी माफण्ड अनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १ सय ३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १ सय २ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जानकारी दिएको छ ।

कम्पनीले दशैं तथा तिहारमा बुकिङ गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ । दशैंमा बैना वा पास गर्नेहरुले विशेष छुट तथा लक्की ड्रमार्फत टाटाको नेक्सन कार जित्न सक्ने कम्पनीले जनाएको छ । साथै, जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेको समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने कम्पनीले बताएको छ ।

त्यस्तै, टिकटकमा भिडियो बनाउनेहरुका लागि पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिने कम्पनीले जनाएको छ । सरकारको मापदण्ड बमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको कम्पनीले चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ । साथै, प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजार रुपैयाँको दरमा घडेरी किन्न सक्नेछन् ।

कम्पनीका अनुसार, ‘पाँच वर्षसम्मका लागि ५५ प्रतिशत फाइनान्सिङ सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था गरेको तथा वैदेशिक रोजगारीमा भएकाहरुका लगि ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने छ । जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरेको हो । पाँचतिरबाट पुग्न सकिने कोलोनीमा तत्कालै घर बनाएर बस्न सक्नेछन् ।’

सो ठाउँमा चारैतिर हरियाली सुन्दर वातावरण तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनोरम दृश्यको अवलोकन गर्न सक्नेछन् । साथै, जग्गामा पिच रोड, पार्क, बिजुली, पानीको राम्रो सुविधा रहेको तथा कोलोनीमा सौर्य उर्जाबाट सडकबत्ती सञ्चालन गर्ने काम भईरहेको कम्पनीले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी