Skip to content
LAXMI SUNRISE BANK

करोडौं अपचलन गरेको आरोपमा देउरालीका अध्यक्ष पक्राउ

अर्थ सरोकार

काठमाडौं । देउराली बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको बचतकर्ताहरुले जनाएका छन् ।उनले ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको उजुरी परेको थियो । सोहि उजुरीका आधारमा सिआईबीले उनलाई पक्राउ गरेको हो ।

पटक पटक ताकेता गर्दा पनि बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नगरेको भन्दै ३३ जनाले उनीबिरुद्ध सिआईबीमा उजुरी दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK