काठमाडौँ । धुलिखेल-खावा सडकखण्ड विस्तारको काम सुस्ताएको छ । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । साथै, आउँदो चैत १९ गतेभित्र निर्माण कार्य सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाख रुपैयाँमा सम्झौता भएको हो ।
उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालि बीच सम्झौता भएको थियो । त्यस्तै, निर्माण कार्य सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ ।
सो कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार, ‘सडकखण्डको ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । सो सम्झौता अनुसार समयावधिको ७२ प्रतिशत समय सकिएता पनि काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको बताएका छन् ।’
त्यस्तै, डिभिजन कार्यालयका निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताएका छन् । उनका अनुसार,’निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैर जिम्मेवारीपन देखाएको जनाउँदै समय सीमा दिएर लिखित स्पष्टीकरण पेश गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ ।’
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । साथै, सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता नदिएको तथा निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृत रूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका जनाएको छ ।
त्यस्तै, घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको, दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने, पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका तथा दशैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाँचखाल नगरपालिका ४ का राजन कार्कीका अनुसार,’समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदै सम्मको कारबाही गर्नुपर्छ । साथै, समयावधिको बाँकी ६ महिनामा सडक निर्माणको काम ठेकेदारले सम्पन्न गर्न नसक्ने जानकारी दिएका छन् ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ । साथै, साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागेका हुन् ।
निर्माण व्यवसायीले भने,’सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने तथा करिब एक सय विद्युत्का पोल सार्नुपर्ने देखिएको बताएका छन् ।’
साथै, केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागेका हुन् । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरेका छन् ।
त्यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि उक्त सडक प्रयोग हुन्छ । साथै, महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि सो राजमार्गका सवारी चाप बढ्न थालेको हो ।
हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेकोसमेत कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्