Skip to content
LAXMI SUNRISE BANK

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ घोषणा, विजेताले सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने

अर्थ सरोकार

काठमाडौँ । डशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ घोषणा गरेको छ । हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद एक लाख रुपैयाँ जितेको हो ।

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवन शैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सुपरस्टारको छनोट हरेकहप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझपाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार”अभियान आश्विन १, २०८० देखि सिमित अवधिका लागि नेपालभर लागू हुने जानकारी कम्पनीले दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK