काठमाडौं । दोलखा सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार काठमाडौंको महाराजगञ्जबाट तिलक वि.क. लाई पक्राउ गरेको हो ।
उनी सुन व्यापारी भएको पाइएको छ । उनले नमस्ते नाम गरेको ज्वर्लस पसल संचालन गरिरहेका छन् । विकले चिनको तिब्बतबाट दोलखा आएको अवैध सुन किन्ने गरेको ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले बताएकी थिइन् । उनले भनिन्,’ ‘उनले अवैध सुन किन्ने गरेको देखिएपछि नियन्त्रणमा लिएका हौं ।’
उनको साथबाट प्रहरीले १२ तोला सुन समेत बरामद गरेको छ । पक्राउ परेका विकलाई थप अनुसन्धानको लागि दोलखा पठाईएको प्रहरीले जनाएको छ ।
सो प्रकरणमा अहिलेसम्म प्रहरीले चिनियाँ नागरिक सहित १० जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्