काठमाडौं । एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्राण्ड एन्डोर्सरको रूपमा आवद्ध रहेका छन् । एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्राण्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेका हुन् ।
त्यस्तै, एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोन पे, ईसेवा र ईसेवा मनिट्रान्सफरले क्रमशःकुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको हो । साथै, क्रिकेटरहरुसँगको उक्त सम्झौता हस्ताक्षर यहि असोज१८ गते एफवान सफ्ट ग्रुपका निर्देशक श्री सुवाश शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनिट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमितदासको उपस्थितिमा भएको थियो।
उक्त, साझेदारीका साथ एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई खेलाडीहरूको मनोवल सुनिश्चित गर्न पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
सो खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर उक्त साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको र त्यस्तो गर्दा नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको कम्पनीले जनाएको छ । साथै, खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सबै देशले गौरव गर्ने बाटोको सृजना हुने विश्वास उक्त साझेदारीबाट झल्किएको हो ।
त्यस्तै, एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माका अनुसार, ‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो ।’
साथै, खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य लिएको एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्