×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले क्लाइमेट फण्डको २५ मिलियन डलर ऋण लिने, स्वच्छ उर्जामा लगानी गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकले क्लाइमेट फण्डको २५ मिलियन डलर ऋण लिने, स्वच्छ उर्जामा लगानी गर्ने उद्देश्य

Artha Sarokar

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आईएमई बैंकले स्वच्छ उर्जामा लगानी गर्न क्लाइमेट फण्डको ऋण लिने भएको छ । बैंकले २५ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्व ३२ करोड भन्दा बढी ऋण लिने भएको हो ।

ग्लोबल क्लाइमेट पार्टनरपशिप फण्ड (जीसीपीएफ) र ग्लोबल आइएमई बैंकबीच २५ मिलियन डलर ऋण लिने सम्बन्धी दुईपक्षय सम्झौता सम्पन्न भएको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

त्यस्तै, क्लाइमेट फण्डले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारीता एवम् दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन समेत मद्दत पुग्ने दुवै पक्षले विश्वास लिएका छन् ।

साथै, विभिन्न देशमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले खुशी व्यक्त गरेका थिए । उक्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी