काठमाडौं । ग्लोबल आईएमई बैंकले स्वच्छ उर्जामा लगानी गर्न क्लाइमेट फण्डको ऋण लिने भएको छ । बैंकले २५ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्व ३२ करोड भन्दा बढी ऋण लिने भएको हो ।
ग्लोबल क्लाइमेट पार्टनरपशिप फण्ड (जीसीपीएफ) र ग्लोबल आइएमई बैंकबीच २५ मिलियन डलर ऋण लिने सम्बन्धी दुईपक्षय सम्झौता सम्पन्न भएको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
त्यस्तै, क्लाइमेट फण्डले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारीता एवम् दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन समेत मद्दत पुग्ने दुवै पक्षले विश्वास लिएका छन् ।
साथै, विभिन्न देशमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले खुशी व्यक्त गरेका थिए । उक्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्