काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा तिब्र उतारचढाब देखिएको छ । गत साता वर्षकै तल्लो बिन्दुमा पुगेको छापावाला सुन आहिले बढ्दो क्रममा छ ।
असोज २८ गते घटस्थापनको दिन सुनको मूल्य २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार रुपैयाँमा पुगेको थियो । त्यस्तै,आज असोज २९ गते नेपाली बजारमा सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट देखिएको छ । यो एक सातायता सुनको भाउ बढ्दो क्रममा छ ।
निरन्तर बढेर सुनको भाउ अवको १५ दिनभित्रै तोलामा १ लाख १६ हजार रुपैयाँसम्म पुग्ने आँकलन विज्ञहरूको छ । गत वर्षको रुस-युक्रेन युद्धले विश्वअर्थतन्त्रमा असर पुर्याएको थियो । रुस-युक्रेन युद्धको असर बिस्तारै कम हुन लाग्दा फेरि इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएको छ। इजरायल-प्यालेस्टाइन युद्धले पनि विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अर्थशास्त्री बताउँछन् ।
युद्धको असर सुनचाँदीको मूल्यमा पर्ने संकेतस्वरूप एकै दिन सुनको मूल्य २ हजार ९ सय र चाँदी ४५ रुपैयाँ बढेको व्यवसायी बताउँछन् ।
विश्वमा युद्ध भइरहेर लगानी गर्ने अन्य स्थान सुरक्षित नहुँदा सुनमा लगानी गर्नेको संख्या बढेको छ । जसले गर्दा पनि सुनको मूल्य बढ्न टेवा पुगेको सुन व्यवसायीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्