काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहिबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९१ हजार ५ सय ६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २३ रुपैयाँ निर्धारण गरेको छ ।