काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला तिन सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला तिन सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९१ हजार ८ सय २० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४० रुपैयाँ निर्धारण गरेको छ ।