Skip to content
LAXMI SUNRISE BANK

सोमबार एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार १ सय ५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९२ हजार ६ सय ७५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK