काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९३ हजार ९ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ निर्धारण गरेको छ ।