×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घटस्थापनाको दिन सुनको मूल्य २९ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घटस्थापनाको दिन सुनको मूल्य २९ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ?

Artha Sarokar

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घटस्थापनाको दिन आइतबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९६ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ निर्धारण गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी