काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला चार सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ निर्धारण गरेको छ ।