Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK