×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ९ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी