×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वसाधारण सेयरधनीको अनुपात ३०% पुर्याउन माग गर्दै हिमालयन बैंकविरुद्ध अदालतमा मुद्धा दायर

PRIME CA

सर्वसाधारण सेयरधनीको अनुपात ३०% पुर्याउन माग गर्दै हिमालयन बैंकविरुद्ध अदालतमा मुद्धा दायर

अर्थ सरोकार

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार

काठमाडौँ । बैंकका सर्वसाधारण सेयरधनीको अनुपात ३० प्रतिशत पुर्याउन माग गर्दै हिमालयन बैंकविरुद्ध अदालतमा मुद्धा परेको छ । सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियमानुसार नभएको भन्दै बैंकका एक सञ्चालकले उच्च अदालत पाटनमा मुद्धा हालेका हुन् ।

हाल हिमालयन बैंकको कुल सेयर पूँजीमा सर्वसाधारण सेयरधनीको अनुपात २७ प्रतिशत रहेको छ । जुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ (१) र ९ (४) विपरित भएको ती सञ्चालकको दाबी छ । उनले नियमानुसार सर्वसाधारण सेयरधनीको अनुपात ३० प्रतिशत पुर्याउन माग गरेका छन् । योसँगै ती सञ्चालकले सर्वसाधारणबाट सञ्चालक चयन गर्नुपर्ने माग पनि राखेका छन् ।

यसो त हिमालयन बैंकको विवाद यसअघि पनि अदालत पुगेको थियो । तर, बैंकको पूँजी संरचना व्यवस्थित गरेर मात्रै साधारण सभा गर्नुपर्ने मागसहित बैंकको विवाद अदालत पुगेपछि बैंकको विवाद पुनः सतहमा आएको छ ।

हिमालयन बैंकमा स्थापनाकालदेखि नै निजी क्षेत्रबाट मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हबिब बैंक अफ पाकिस्तानका प्रतिनिधि सलिम अम्लानी संस्थापक सेयरधनी रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: