×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लाइफ इन्स्योरेन्सले ल्यायो छुट सुविधा

PRIME CA

हिमालयन लाइफ इन्स्योरेन्सले ल्यायो छुट सुविधा

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमा लेखमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट सुविधा ल्याएको हो ।

साबिकको प्राइमलाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट  बीमा गराई व्यतीत भएका बीमा लेखहरुमा कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुन:र्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ । साथै, तीन वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शत प्रतिशत छुट हुने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीका अनुसार, ‘तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षदेखि जतिसुकै अवधिकोमाब्याज र जरिवाना २५ प्रतिशत छुट प्रदान गरिने  छ । यस किसिमको व्यतीत बीमा लेखमा पुन:र्जागरण गर्दा दिएको छुट सुविधा बीमा अवधिभर एक पटकमात्र प्रदान हुने  छ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: