काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँमा आइपीओ निष्काशन गर्न लागेको हो । त्यस्तै, कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।
लगानीकर्ताले उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । साथै, यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्