×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासले भन्छ – ‘जव तेजीसँग भारतीय बजार घट्न थाल्छ, नेप्से उकालो लाग्छ’, यसपाली पनि यस्तै हुन लागेको हो ?

PRIME CA

इतिहासले भन्छ – ‘जव तेजीसँग भारतीय बजार घट्न थाल्छ, नेप्से उकालो लाग्छ’, यसपाली पनि यस्तै हुन लागेको हो ?

९ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय सेयर बजार तेजीले घट्न थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बीएसई सेन्सेक्स ७०० अङ्कले घटेर ६३ हजार ३०० भन्दा तल आएको छ । अझ १५ मिनेटमै लगानीकर्ताहरूले ३५ खर्ब ८० अर्ब रुपैयाँ स्वाहा हुँदा यता निफ्टी ५० पनि घटेर १८ हजार ९००भन्दा तल झरेको स्थिति देखिएको छ । यसो त भारतको मात्र होइन चिनियाँ सेयर बजारदेखि जापानको सेयर बजारसम्म अहिले राताम्य देखिएको छ ।

भारतको सेयर बजारको घटोत्तरीको फरक खालको संयोग नेपाली सेयर बजारमा देख्न पाइन्छ । जवजव भारतीय बजार तेजले घट्न थाल्छ, तव नेपाली सेयर बजार उकालो लागेको इतिहास छ । यसअघिका बजार बुलिस लयमा लाग्दा पनि त्यस्तै स्थिति देखिएको थियो । यसपाली नेपाली सेयर बजार मापक नेप्से परिसूचक बटममा छ भन्ने विश्लेषण भईरहँदा र ठिक यहि समय भारतीय सेयर बजार तेजले घट्न थाल्दा यस्तै संयोगको बिकास भएको हो कि भन्ने चर्चा पनि सुरु भएको छ ।

यो चर्चालाई दुई कुराले साथ दिने गरेको छ । एक त भारतीय सेयर बजारमा ठुलो घटोत्तरी देखिएपछि केहि लगानी घुमाउरो पाराले नपाल आउँछ र नेपालको सेयर बजारमा प्रवेश हुन्छ भन्ने तर्क छ भने अर्कोतर्फ भारतीय सेयर बजारमा तेजीको घटोत्तरी आउँदा सिफ्ट भएको लगानीको प्रभाव नेपाली सेयर बजारमा देखिन्छ भन्ने तर्क पनि छ । धेरैले भने यसलाई संयोगबाहेक केहि नभएकोसमेत बताउने गरेका छन् ।
इतिहासमा पनि थुप्रै पटक भारतीय सेयर बजारमा ठुलो गिरावट आउँदा नेपालको बुलिस लयको बजार सुरु हुनु, नेपालको अहिलेको बजार बटममा छ भन्ने विश्लेषण हुनुले पनि नेपालको सेयर बजार अव उकालो लाग्न लागेको हो कि भन्ने चर्चा सुरु भएको छ । यद्यपी नेपालका सेयर बजारका विश्लेषकहरु भने भारतीय सेयर बजार भन्दा पनि दशैँपछि खुल्ने बजारका केहि दिन बजार हेरेरमात्र बजार कता जाँदैछ भन्ने कुरा भन्न सक्ने स्थिति आउने दाबी गर्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: