काठमाडौं । कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १ सय ६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका हुन् ।
कान्तिपुर सहकारीका अध्यक्षसमेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७ सय ४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९ सय ७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५ सय ६१ तथा नारायण प्रसाद रिमालको ६६ हजार ८ सय ८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् । साथै, संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको उक्त सेयर खरिद गरेका हुन् ।
कम्पनीका अनुसार, ‘सहकारीले पछिल्लो १ वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताकेता गर्दै आएको छ । सहकारीका व्यवस्थापकले सहकारीको स्रोत दुरुपयोग गर्दै आफ्नो निजी व्यवसाय तथा घरजग्गामा लगानी गर्दा सहकारीमा तरलता समस्या आएको हो ।’
त्यस्तै, वैशाख १९ मा हिमालयन बैंकले विभिन्न व्यक्तिका नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीकै लागि बिक्री गर्न भन्दै प्रस्ताव गरेको थियो । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीे कसैबाट पनि खरिदका लागि आवेदन नपरेपछि अन्य व्यक्तिलाई बिक्री गरेको जानकारी दिएको छ ।
उक्त सुचना अनुसार, आचार्यका नाममा सेयर नामसारी प्रक्रिया ७ दिनपछि अगाडि बढ्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्