×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई प्रहरीले पक्राउ नगर्ने, बयान काजगमात्रै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई प्रहरीले पक्राउ नगर्ने, बयान काजगमात्रै !

Artha Sarokar

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएका माओबादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ नगर्ने भएको छ । महराको चिनियाँ तस्करसँग सम्पर्क देखिएपनि पक्राउ नगरी प्रहरीले बयान काजगमात्रै गराएको हो ।

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग महरा र उनका छोराको सम्पर्क देखिएको थियो । सोहि प्रकरणमा उनका छोरा राहुल महरा भने भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका थिए । सुन तस्करी प्रकरणका नाइके चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाउँदै आएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी