Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक र प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

कुमारी बैंकले आफ्ना केहि संस्थापक सेयरधनिहरुको नाममा रहेको ११ लाख २२ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

सेयर खरिद गर्न  इच्छुक लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालयमा ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

साथै, प्रभु बैंकले पनि आफ्ना संस्थापक सेयरधनिहरुको नाममा रहेको २० हजार २०२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सो सेयरमा विद्यमान संस्थापक सेयरधनी वा अन्य कुनै व्यक्ति, सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

प्रभु बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालयमा १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK